क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

कोहलपुर नगर अस्पतालले स्वास्थ्य सेवामा थप एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आजदेखि अस्पतालमा न्यूनतम शुल्कमा अत्याधुनिक डिजिटल एक्स–रे सेवा औपचारिक रूपमा सुरु गरिएको छ। स्वास्थ्य सेवालाई अझ सहज, छिटो र सर्वसुलभ बनाउने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको हो।

नयाँ प्रविधियुक्त डिजिटल एक्स–रे प्रणालीमार्फत बिरामीहरूले अब छिटो, स्पष्ट र भरपर्दो रिपोर्ट प्राप्त गर्न सक्ने विश्वास गरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूका लागि यो सेवा निकै लाभदायक हुने अपेक्षा गरिएको छ, जसले महँगो र टाढाको सेवामा निर्भर हुनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ।

सेवाको शुभारम्भ गर्दै नगर प्रमुख पर्ण प्रसाद आचार्यले सम्पूर्ण नगरबासीलाई उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरे। उनले स्थानीय स्तरमै आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय