धना के सी
कोहलपुर ३० कात्तिक २०८३।
बाँके क्षेत्र नम्बर १ को समग्र विकास, पूर्वाधार निर्माण तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले माननीय सांसद सुरेश कुमार चौधरीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को टोलीले आज विभिन्न विकास आयोजनास्थलको अवलोकन गरेको छ।
टोलीमा पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव हेमविक्रम केसी, रास्वपाका लुम्बिनी प्रदेश महामन्त्री सी।एम। उपाध्याय, रास्वपा बाँके जिल्ला सहसचिब फारुप गुजर, कोहलपुर नगर सभापति राजेन्द्र कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

अवलोकनका क्रममा कोहलपुरस्थित जैविक पार्कको स्तरोन्नति, मुगुवा खोलामा पक्की पुल निर्माण, अगैया घाटलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने, बर्फानी बाबा मन्दिरसम्म पुग्ने सडकको व्यवस्था गर्ने विषयमा छलफल तथा स्थलगत निरीक्षण गरिएको छ।
त्यसैगरी, राप्ती सोनारीको अस्पताल स्तरोन्नति, राप्ती सोनारी रङ्गशालाको विकास, भुरभवानी मन्दिरको अवलोकन, नरैनापुरदेखि बैजापुर जोड्ने रणनीतिक सडक निर्माण तथा राप्ती नदीमा तटबन्ध निर्माणलगायतका योजनाका लागि सम्भावित क्षेत्रको निरीक्षण गरिएको हो।
स्थानीय पूर्वाधारको विकास, स्वास्थ्य सेवाको सुधार, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र बाढीजन्य जोखिम न्यूनीकरणसँग सम्बन्धित यी योजनाहरू बाँके क्षेत्र नम्बर १ को समग्र विकासका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्।

टोलीको स्थलगत अवलोकनले स्थानीय आवश्यकता पहिचान गरी विकासका योजनालाई प्राथमिकताका आधारमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





