क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

आज विश्व मधुमेह दिवस,‘मधुमेह नियन्त्रणका लागि समयमै पहिचान र प्रारम्भिक कदम’नाराका साथ नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ मा विश्वभर यो दिवस मनाइन्छ ।

पछिल्लो एक दशकमा उच्च आय भएका देशको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले जनाएको छ ।

अन्धोपना, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघातजस्ता अवस्थाको प्रमुख कारणमध्ये मधुमेह एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम गर्ने तथा सुर्तीजन्य पदार्थ सेवन नगरेमा टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिने मधुमेह रोग विशेषज्ञ प्रा‍‍ डा बुद्धि प्रसाद पौड्यालले बताउनुभएको छ ।

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । मधुमेह हुनबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकसित हुने र शुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।

३५ वर्ष उमेर पुगेपछि नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुने उहाँको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय