क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

धना के सी कोहलपुर, मंसिर २ –  बाँकेको राप्तीसोनारी गाउँपालिका–४ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएका परिवारले लालपुर्जा प्राप्त गरेसँगै आफ्नो नाममा जग्गा हुने सपना पूरा भएको छ।
राप्तीसोनारी गाउँपालिका–४ मा आयोजित कार्यक्रममा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेश कुमार चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी दिल कुमार माताङको अध्यक्षतामा १० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
वर्षौंदेखि जग्गाको स्वामित्व नहुँदा विभिन्न समस्या भोग्दै आएका भूमिहीन परिवारका लागि लालपुर्जा प्राप्त हुनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व कायम भएपछि उनीहरूमा सुरक्षित बसोबास, स्थायित्व र भविष्यप्रतिको आशा बढेको छ। लालपुर्जा वितरणले भूमिहीन परिवारलाई आफ्नो अधिकार स्थापित गर्न तथा सामाजिक र आर्थिक रूपमा सुरक्षित जीवनयापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 


कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तराज पौडेल, वडा नं. ४ र ७ का वडाध्यक्षलगायत जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्यले वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकमा खुसी थपेको छ। जग्गाधनी प्रमाणपुर्जा प्राप्तिसँगै उनीहरूले अब आफ्नो बसोबास र सम्पत्तिको कानुनी सुरक्षा सुनिश्चित हुने विश्वास लिएका छन्।


भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्नु सामाजिक न्याय, समान अवसर र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो। राप्तीसोनारी गाउँपालिका–४ मा गरिएको लालपुर्जा वितरणले भूमिहीन परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय