क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

धना के सी कोहलपुर, मंसिर १।

स्वास्थ्यकर्मी तथा सामाजिक क्षेत्रमा सक्रिय अन्जना पाण्डेले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी छन्। महिला नेतृत्वको सशक्तीकरण, नयाँ पुस्ताको प्रतिनिधित्व र पार्टी संगठनलाई समयअनुकूल रूपान्तरण गर्ने लक्ष्यसहित उनले उम्मेदवारी अघि सारेकी हुन्।
विद्यार्थी राजनीतिदेखि स्वास्थ्य सेवा, शिक्षण, सामाजिक कार्य तथा राजनीतिसम्मको अनुभव हासिल गरेकी पाण्डेले पार्टीलाई थप गतिशील, जिम्मेवार र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कक्षा ९ मा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय भएकी पाण्डेले बालकुमारी नर्सिङ क्याम्पसमा समेत संगठनको जिम्मेवारी सम्हालेकी थिइन्। नर्सिङमा स्नातक गरेकी उनले नर्सिङ सुपरभाइजर तथा शिक्षण क्षेत्रमा काम गरेको अनुभवसमेत हासिल गरेकी छन्।
उच्च शिक्षाका लागि बेलायत पुगेकी पाण्डेले त्यहाँको एज हिल विश्वविद्यालयबाट पब्लिक हेल्थ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन्। नेपाल फर्किएपछि समाजशास्त्रमा समेत स्नातकोत्तर गरेकी उनी हाल कानून विषयमा एलएलबी अध्ययनरत छिन्।
राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेकी पाण्डे स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा गतिविधिमा समेत सक्रिय रहँदै आएकी छन्।

 

स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र राजनीतिमा हासिल गरेको अनुभवलाई पार्टी संगठनको नेतृत्वमा उपयोग गर्ने उनको लक्ष्य छ। महिलालाई पार्टीको नेतृत्व तहमा अर्थपूर्ण सहभागिता गराउने, युवाको क्षमता र दक्षतालाई संगठनमा स्थापित गर्ने तथा पार्टीको संगठनात्मक संरचनालाई थप प्रभावकारी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेकी छन्।
महिला महामन्त्री पदमा आफ्नो उम्मेदवारीमार्फत महिला नेतृत्वको विकास, युवा पुस्ताको प्रतिनिधित्व र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएकी पाण्डेले नेपाली कांग्रेसलाई समयअनुकूल, समावेशी र जनताप्रति उत्तरदायी पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय