क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

बल्खु.दक्षिणकाली हुँदै हेटौंडा जोड्ने सडकमा दुर्घटना बढेपछि सरकारले यस रुटमा सार्वजनिक गाडी सञ्चालनमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले हिजो जरुरी सूचना निकालेर यस सडक खण्डमा राति गाडी सञ्चालन नगर्न भनेको छ ।

अबदेखि यस सडक खण्डमा चल्ने सार्वजनिक गाडी बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । यस्तै बिहान ५ बजेपछि मात्र बल्खुबाट गाडी सञ्चालन गर्न पाइनेछ ।

यात्रुबाहक भाडाका एवं सार्वजनिक गाडीको अवस्थाको पूर्ण रुपमा जाँच गरेर मात्र सञ्चालन गर्न पाइनेछ । प्रहरीले कडाइका साथ भाडाका एवं यात्रुबाहक हरेक गाडीको अनिवार्य रुपमा जाँच गर्ने व्यवस्था मिलाउन पनि प्रशासनले भनेको छ ।

साँघुरा सडक खण्ड, यान्त्रिक अवस्था ठिक नरहेका गाडीको प्रयोग, चालकको लापरबाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अँध्यारो सडकमा यात्रा गर्दा दुर्घटना बढेको भन्दै प्रशासनले यस सडक खण्डमा गाडी सञ्चालनमा कडाइ गरेको हो । यो सडक खण्डमा पर्ने भीमफेदीमा अस्ति बिहीबार माइक्रोबस सडकबाट खसेर दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।

तीव्र प्रतिस्पर्धाका कारण पटके ट्रिप एकै दिनमा गर्ने गरी चालकले भोग्ने अत्यधिक तनावको अवस्था एवं अनिद्रा जस्ता कारणबाट बारम्बार गम्भीर खालका दुर्घटना दोहोरिएको पाइएको सूचनामा उल्लेख छ । त्यसैले यात्रु तथा चालकको सुरक्षाका लागि यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय