क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ ।

लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो । त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा जीत महत्वपूर्ण छ । लुम्बिनी ६ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । विराटनगर समान ६ खेलमा ६ अंकसहित पाँचौ स्थानमा छ ।

हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । पहिलो संस्करणको च्याम्पियन जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिएका छन् ।

सुदूरपश्चिमले हिजो भएको खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफमा पुगेको छ । सुदूरपश्चिम ७ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एनपीएल तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुश्किल भइरहेको देखिन्छ ।

ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् । हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय