क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

डोल्पा जिल्ला अस्पतालको बेड नम्बर ६ मा ६९ वर्षीय नरबहादुर बुढा छटपटाइरहेका छन् । लामो–लामो श्वास तानिरहेका बुढाको मुटुको चाल असामान्य गतिमा चलिरहेको छ । नाकमा अक्सिजनको पाइप जोडिएको छ । शरीर शिथिल भएको छ ।

बेडको छेउमा उनकी श्रीमती उभिइरहेकी छन्, श्रीमान्‌लाई सञ्चो हुने आशामा । नरबहादुरको अवस्था असामान्य छ । उनलाई तत्काल सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । तर, उनी भर्ना भएको डोल्पा जिल्ला अस्पतालमा आईसीयू सेवा नै छैन ।

 

काइके गाउँपालिकाका नरबहादुरलाई केही दिनअघि दिसासँगै रगत देखिएको थियो । त्यसपछि शरीरका विभिन्न भाग सुन्निन थाले । स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि परिवारले उनलाई अस्पताल पुर्‍याउने निर्णय गर्‍यो ।

बिहान ४ बजे स्ट्रेचरमा बोकेर घरबाट हिँडाइयो । उकालो–ओरालो र कठिन बाटो छिचोल्दै जसोतसो बिहान ११ बजे अस्पताल पुर्‍याइयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नरबहादुरको शरीरमा रगतको मात्रा निकै कम छ । प्रारम्भिक परीक्षणमा मिर्गौला र कलेजोमा समेत समस्या देखिएको छ ।

‘उहाँलाई आईसीयूमा राखेर उपचार गर्नु पर्नेछ । तर यहाँ सेवा छैन,’ अस्पताल प्रमुख डा। राजकुमार भुजेल भन्छन्, ‘हारगुहार गरेर रगत जोहो गर्दै सकेको उपचार गरिरहेका छौँ ।’

 

चिकित्सकका अनुसार नरबहादुरलाई सुविधासम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आवश्यक छ । तर डोल्पाबाट बाहिर लैजान हेलिकोप्टर वा एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ । त्यसका लागि चाहिने रकम परिवारसँग छैन ।

अस्पतालको बेडमा जीवनसँग संघर्ष गरिरहेका नरबहादुरका छोरा फूर्वाछिरिङ बुढा निराश सुनिन्छन् । बुबालाई राम्रो अस्पतालमा पुर्‍याएर उपचार गराउने इच्छा छ । आर्थिक अभावले त्यो इच्छा पूरा गर्न सकेका छैनन् ।

‘यहाँभन्दा तल लैजान हेलिकोप्टर वा एम्बुलेन्स चाहिन्छ । पैसा छैन,’ उनी भन्छन्, ‘जे उपचार हुन्छ, यहीँ गर्छौं ।’

नरबहादुरको जस्तै पीडा डोल्पा जिल्ला अस्पतालकै अर्को वार्डमा भर्ना भएकी त्रिपुरासुन्दरी नगरपालिकाकी ५० वर्षीया हिराकाली दोचालको पनि छ ।

उनी उठ्न र बस्न सक्दिनन् । शरीरका अधिकांश भाग सुन्निएका छन् । थोरै बोल्दा पनि श्वास फुल्छ । बोली प्रष्ट आउँदैन ।

केही दिनअघि हिराकाली बेहोस अवस्थामा अस्पताल ल्याइएकी थिइन् । परीक्षणपछि चिकित्सकहरूले उनको मुटुमा समस्या रहेको आशंका गरेका छन् । उनलाई मुटुरोग विशेषज्ञको निगरानीमा विशिष्टीकृत परीक्षण र उपचार आवश्यक छ ।

‘उहाँलाई मुटुरोग विशेषज्ञको निगरानीमा विशिष्टीकृत परीक्षण गर्नुपर्ने देखिन्छ,’ डा। भुजेल भन्छन्, ‘अहिलेको अवस्थामा बिरामीलाई आईसीयूसहितको सेवा आवश्यक छ ।’

हिराकालीलाई तत्काल सुविधासम्पन्न अस्पताल पुर्‍याएर उपचार गर्न पनि आर्थिक अभाव नै तगारो बनेको छ । त्यसैले उनी जिल्ला अस्पतालकै शय्यामा उपचारको प्रतीक्षामा छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय