भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क विश्लेषण गर्दा लागुऔषध सम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ ।
विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०८३र०८४ को साउन, भदौ र असोज महिनामा मात्रै प्रहरीले चार किलोभन्दा बढी लागुऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया





