क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

धना केसी
कोहलपुर, बाँके। कोहलपुर नगरपालिकाले नेपालगञ्ज मेडिकल कलेजसँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘आमा सुरक्षा कार्यक्रम’सँगै अब ‘शिशु सुरक्षा कार्यक्रम’ पनि सुरु गरेको छ।
नवीन कार्यक्रमअन्तर्गत जन्मेको २८ दिनसम्मका नवजात शिशु बिरामी भएमा उनीहरूको उपचार खर्च कोहलपुर नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ। शिशुको उपचारका क्रममा आवश्यक परेमा सघन उपचार कक्ष (ICU) तथा नवजात शिशु सघन उपचार कक्ष (NICU) मा राखेर गरिने उपचार खर्चसमेत नगरपालिकाले नै बेहोर्ने जनाइएको छ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार यस कार्यक्रमले कोहलपुर नगरपालिकाभित्रका आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै उपचारका क्रममा आर्थिक अभावका कारण समस्या भोग्नुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ।
आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढाइएको यस कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुग्ने र नवजात शिशुको उपचारमा सहज पहुँच स्थापित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय