नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५६ जिल्लामा संयोजकहरू तोकेको छ ।
महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाले सात प्रदेशका ५६ जिल्लाहरूमा संयोजक तोकेका हुन् ।देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका ९, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका आठ, लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजकहरू तोकिएका छन् ।
कोशीको पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, ९सहसंयोजक विनायक पन्त०, खोटाङमा रोजन राई, अेखालढुंगामा बालगोविन्द राजभण्डारी, उदयपुरमा बसन्त बस्नेतलाई महाधिवेशन संयोजनको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया





