क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

 

कोहलपुर —नेपाली कांग्रेस कोहलपुर नगर अधिवेशनमा दिपेन्द्रबहादुर कठायतले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी चिन्तामणि धिताल नेतृत्वको प्यानलबाट सचिव पदका उम्मेदवार बनेका हुन्।

कठायतले संगठनलाई थप मजबुत र सक्रिय बनाउने, कार्यकर्ताको सहभागिता तथा सम्मान बढाउने र कोहलपुरको समृद्धिका लागि काम गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनले आफ्नो घोषणापत्रमा संगठन सुदृढीकरण तथा सक्रियता, कार्यकर्ताको सहभागिता र सम्मान, युवा नेतृत्व तथा क्षमता विकास र जनसरोकारका विषयमा सशक्त आवाज उठाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

संगठनलाई जिम्मेवार र प्रभावकारी बनाउँदै कार्यकर्ता तथा नगरवासीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता कठायतले व्यक्त गरेका छन्।

नगर अधिवेशनलाई लक्षित गर्दै कठायतले आफूलाई सचिव पदमा सहयोग तथा समर्थन गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय