क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

 

काठमाडौं, ५ असोज – काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक आफैँले आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार आगो लाग्दा चालक बसभित्रै थिए र भागेका थिएनन्। यसै आधारमा प्रारम्भिक अनुसन्धानमा चालकबाटै आगजनी भएको निष्कर्ष निकालिएको हो। ‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्छ, तर अहिलेसम्मको अनुसन्धानमा चालकबाट नै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ,’ एसएसपी घिमिरेले बताए।

बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ। उनी आगलागी हुँदा बसभित्रै थिए र उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएका छन्। आगलागीको यकिन कारण अझै खुल्न बाँकी छ। तर ट्राफिक प्रहरीसँग विवाद भएपछि आगो लगाएको हुनसक्ने आशंका गरिएको छ।

बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहयोगमा निभाइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय