क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

कोहलपुर क्षेत्रमा बसोबास गर्ने समाजसेवी, शिक्षाप्रेमी तथा खेलप्रेमी युवाहरूको भेलाले नवप्रतिभा क्लब, कोहलपुर–बाँके गठन गरेको छ।
आज मिति २०८३ साल असोज ४ गते सम्पन्न भेलाले प्रकाश कुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
भेलाबाट क्लबको उपाध्यक्षमा नेत्रलाल सिंह ठकुरी, सचिवमा गणेशबहादुर बिष्ट, सहसचिवमा दीक्षापुरी र कोषाध्यक्षमा निर्मल बिष्ट चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा उमेश आले मगर, शेरबहादुर योगी, कृतिका चौधरी, सरिता थापा मगर, पवित्रा परियार र सन्दीप जंग देवकोटा चयन हुनुभएको छ।
क्लबले खेलकुद, शिक्षा तथा सामाजिक क्षेत्रमा युवाहरूलाई एकताबद्ध गर्दै विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने जनाएको छ।
क्लबका प्रमुख उद्देश्यहरूमा सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, खेलकुद तथा खेलाडीको क्षमता विकासमा सहयोग गर्ने, कला–संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने, युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग गर्ने र शिक्षा तथा प्रतिभा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने रहेका छन्।
त्यसैगरी, वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धन, विपद् तथा आपत्कालीन अवस्थामा सामाजिक सहयोग, स्थानीय प्रतिभाको पहिचान तथा सम्मान, स्वास्थ्य तथा जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सम्बन्धित निकाय तथा संघ–संस्थासँग समन्वय र सहकार्य गरी सामाजिक हितका कार्यक्रम सञ्चालन गर्ने क्लबको उद्देश्य रहेको अध्यक्ष प्रकाश कुमार शर्माले बताउनुभयो।
क्लबले कोहलपुर क्षेत्रका व्यक्तिहरूको क्षमता, सिर्जनशीलता र प्रतिभालाई सामाजिक सेवासँग जोड्दै समुदायको विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय