क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । जेन–जी सहिद दिवसका अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताए ।

‘हाम्रो भविष्य हामी आफैं कोर्नेवाला छौं, अरुलाई कोर्ने दिनेवाला छैनौं । हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ,’ उनले भने, ‘यही हो राजनीति, नयाँ राजनीति ।’

आफूहरु चुनाव लडेर जितेर दुई तिहाइको बहुमत ल्याएर आएको उनले बताए । ‘राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर जो नेतागणहरू हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय