क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

कोहलपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि बाँकेको कोहलपुरस्थित पञ्चमुखी ई.एम. सेकेन्डरी स्कुलले १ लाख १२ हजार २५५ रुपैयाँ सहयोग गरेको छ।

२०८३ साल भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विद्यालयले दुःख व्यक्त गरेको छ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यार्थी र विद्यालयको कोषबाट रकम संकलन गरिएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले संकलन गरेको रु. १,१२,२५५ (एक लाख बाह्र हजार दुई सय पचपन्न रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप प्रदान गरेको हो।

विपद्को यस कठिन घडीमा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि आफ्नो सानो सहयोगले केही हदसम्म भए पनि योगदान पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

नेपाल सरकारले पनि भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय