१५ भदौ, ।
महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीहरूले रसुवाको भीषण बाढीबाट प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री विपद् राहत कोषमा एक लाख एक हजार एक सय पाँच रुपैयाँ जम्मा गरेका छन्।
कारागारमा रहेका ४५५ जना कैदीबन्दीले आफैं चन्दा संकलन गरी उक्त रकम सहयोग स्वरूप जम्मा गरेको कारागार प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिए। गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कैदीबन्दीहरूले यो रकम संकलन गरेका हुन्।
कारागारभित्रबाट नै यस्तो मानवतापूर्ण सहयोग आएकोमा स्थानीय प्रशासन र पीडित परिवारहरूले प्रशंसा गरेका छन्। यसले कैदीबन्दीहरूमा पनि सामाजिक उत्तरदायित्वको भावना जीवित रहेको देखाएको छ।
प्रतिक्रिया





