क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनको सशस्त्र प्रहरी बल नेपालका युनिटबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन् ।

ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्‍याउने काम भइरहेको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

बाढीमा परेर घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोली परिचालन भएको छ ।

नदी किनारा तथा जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाई तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन भनेकाे छ । त्यस्तै बाढीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा शय्याहरू खाली राखिएको छ ।

आपत्कालीन उद्धारका लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरूको सुरक्षित उडान तथा अवतरणका लागि ल्यान्डिङ जोनहरू तयार गरिएको छ ।

त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि टोली परिचालन भएको छ । साथै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरूमा हराइरहेकाहरूकाे ठाउँ पत्ता लगाउन तथा क्षति मूल्याङ्कन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ ।

विस्थापित शिविरमा पानीजन्य रोग फैलन नदिन आपत्कालीन खानेपानी शुद्धीकरण र औषधि वितरण कार्य शुरू भएको छ ।

भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्न सक्ने वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय तथा संवाद र सूचना आदानप्रदान गरिरहेको सशस्त्रका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय