रसुवामा आएको बाढीले ९ वटा वाणिज्य बैंकका शाखा बगाएको छ । ती शाखामा कार्यरत कर्मचारीहरुमध्ये करिब २६ जनासँग अझै सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । टेलिफोन अवरुद्ध भएको र बिजुली पनि नभएकाले सम्पर्कमा समस्या भइरहेको संघले जनाएको छ ।
रसुवामा माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मीसनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, इन्भेष्टमेन्ट मेगा र एनमएबी गरी नौवटा बैंकका शाखा रहेका थिए । ती शाखाहरुमा कार्यरत कर्मचारीहरुमध्ये २६ जनासँग अझै सम्पर्क हुन नसकेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
‘टेलिफोन अवरुद्ध भएकाले धेरैजनासँग सम्पर्क हुन सकेका छैन । यद्यपि नबिल बैंकका सबै कर्मचारी सम्पर्कमा आएको जानकारी हामीले भर्खरै पाएका छौं,’ उनले भने, ‘विस्तारै टेलिफोनमा सहजता आए पनि बाँकी कर्मचारी साथीहरुसँग पनि सम्पर्क होला ।’
प्रतिक्रिया





