क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोहलपुर नगर समितिको आयोजनामा अनलाइन तथा डिजिटल प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ।

कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा आयोजित तालिममा डिजिटल प्रविधिको प्रयोग, पार्टी सदस्यता लिने प्रक्रिया, मतदाता नामावलीसम्बन्धी जानकारी तथा अनलाइन माध्यमको प्रभावकारी प्रयोगका विषयमा प्रशिक्षण दिइएको थियो।

तालिममा कोहलपुर नगरपालिकाका वडा नम्बर १ देखि १५ सम्मका करिब ८०–८५ जना पार्टी सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको थियो। सहभागीलाई डिजिटल माध्यमबाट पार्टीका गतिविधि तथा सूचनालाई प्रभावकारी रूपमा प्रवाह गर्ने, अनलाइनमार्फत पार्टी सदस्यता लिनेलगायतका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रास्वपा लुम्बिनी प्रदेश महामन्त्री सी। याम उपाध्यायले पछिल्लो समय सूचना तथा सञ्चार क्षेत्रमा डिजिटल प्रविधिको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभयो। उहाँले पार्टीका गतिविधि तथा सूचनालाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन डिजिटल प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै गाउँ–टोलस्तरसम्म यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता रास्वपा कोहलपुर नगर सभापति राजेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा कोहलपुर नगर क्षेत्रका विभिन्न वडाबाट आएका पार्टी सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्य रुपमा बढोत्तरी भएको छ । मुलुक डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेका सन्दर्भमा यसको अधिकतम् उपयोग गरी ‘समृद्ध कोहलपुर निमार्णको लक्ष्य हासिल गर्ने बाटोमा आफुहरु लागेको बताउनुभयो ।

आयोजकका अनुसार डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै आगामी दिनमा पनि गाउँ–टोलस्तरसम्म यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय