क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

बाँके
चौथो कोहलपुर गोल्डकप–२०८३ मा विभागीय टिम नेपाल पुलिस क्लक मा फाइलन प्रवेश गरेको छ । विहीबार कोहलपुर–२स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन । कोहलपुर गोल्डकपको जारी संस्करणमा कुनैपनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो । पेनाल्टीमा जित हासिल गर्दै नेपाल पुलिस क्लबले फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरसँगको भेट पक्का गरेको हो । पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचैजना खेलाडीले गोल गरे भने । नेपाल पुलिस क्लबका लागि पेनाल्टीमा नेपाल पुलिस क्लबका पुलिसका कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे । कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन् । बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गर्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो । कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँगलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अब फाइनलमा उपाधिका लागि वैशाख २६ गते कोहलपुर रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । प्रतियोगितामा आठ टिम सहभागी थिए । प्रतियोगिताको उपाधि जित्ने टिमले आठ रुपैयाँ,उपाधि शिल्ड र ट्रफी प्राप्त गर्नेछन् । उपविजेतालाई चार लाख रुपैयाँ, शिल्ड र ट्रफी प्र्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो कोहलपुर गोल्डकप वैशाख १९ गते सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय