क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट


बाँके ः बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो । कोहलपुर रेसिङ साहारा क्लबलाई जिताउन पहिलो हाफको १६औँ मिनेटमा जर्सी नम्बर २४ का निराजन खत्रीले गोल गरेका थिए । पहिलो हाफकै ३८औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका ओम प्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गर्दै २–० गोलको स्थितिमा पुु¥याए । दोस्रो हाफमा भने लालीगुुराँस एसोसियसन क्लब पोखराले कमब्याक गर्ने निकै कोशिस ग¥यो । निकै प्रतिष्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८ औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गोल गरेका थिए ।
टिमले उत्कृष्ट पुुनरागमनको लागि धेरैपटक कोशिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुुराँस एसोसियसन क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । चौथो संस्करणमा लगातार दुई खेल जितेको कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । खेलको म्यान अफ द म्याच कोहलपुर रेसिङ साहारा क्लबका ओम प्रकाश चौधरी बने । उनलाई कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद् पाँच हजार र ट्रफी वितरण गरेका थिए ।


कोहलपुर रेसिङ साहाराले आफ्नो पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले १–० गोल अन्तरले पञ्चकोशी युथ क्लब सुदूरपश्चिमलाई पराजित गरेको थियो । लालीगुुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणको दोस्रो खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेश, विदेशी क्लब जस्ट जोन एफसी नाइजेरियासँग ४–२ गोल अन्तरले पराजित भएको थियो भने तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौँलाई हराउँदै लालीगुुराँस एसोसियसन क्लब पोखरा विजयी भएको थियो ।
चौथो तथा समूह चरणको अन्तिम खेलमा कोहलपुर गोल्डकपको साविक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई विभागीय टिम नेपाल पुलिस क्लबले पराजित गरेको थियो । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय