क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

बाँके ः बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ को तेस्रो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरा विजयी भएको छ । गोल्डकपको चौथो दिन भएको तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस विजयी भएको हो । लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोशन छन्त्यालले गरे ।

आफ्नो टिमलाई जिताउन खेलको ९४ औ मिनेटमा छन्त्यालले गरेको गोल नै निर्णायक बन्यो । निकै निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित सकिएको थियो । दुवै टिमले गोलका लागि थुप्रै अवसर सिर्जना गरेपछि फिनिसिङमा चुक्दा गोलका लागि ९४औँ मिनेट कुर्नुुप¥यो । खेलमा म्यान अफ द म्याच लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोसन छन्त्याल घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयाजक इश्वरी प्रसाद विश्वकर्मा, कोहलपुर गोल्डकपका सहसंयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद् पाँच हजार र ट्रफी वितरण गरेका थिए ।


गोल्डकपको चौथो खेल साविक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसलाई जिताउन खेलको २६औँ र ९१ औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारुले गोल गरे । आफ्नो टिम जिताउन दुई वटा खेल गरेका थारु नै म्यान अफ द म्याच घोषित भए । उनलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी,नेपाली सेनाका सेनानी पुकार शाह र उद्घोषक तथा गायक कोष खड्काले संयुक्त रुपमा ट्रफी र नगद् पाँच हजार रुपैयाँ वितरण गरेका थिए ।

यो सँग कोहलपुर गोल्डकपको समूह चरणको समीकरण पुरा भएको छ । समूह चरणमा जित हासिल गरेका कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् भने पराजित पञ्चकोशी युथ क्लब सुदूरपश्चिम,रोयल फुटबल क्लब कर्णाली प्रदेश, सातादोबाटो युथ क्लब काठमाडौँ र पराजित राइसिङ स्टार क्लब सुनवल नवलपरासी प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधबारदेखि सेमिफाइनल समीकरण सुरु हुनेछ । म्याच कमिस्नार दयाराम सापकोटाका अनुसार वैशादख २३ गते पहिलो र २४ गते दोस्रो सेमिफाइनल खेल हुनेछन् । फाइनल पुग्ने टिमबीच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने आयोजकले जनाएको छ । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय