क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

बाँके ः बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ । वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको हो । वैशाख २० गते कोहलपुर–२ स्थित कोहलपुर फुटबल रंगशालामा दुई टोलीबीच खेल भइरहेका बेला खराब मौषमका कारण ३७औ मिनेटमा स्थगित भएको थियो । खेल वर्षाले स्थगित जस्ट जोन एफसी (नाइजेरिया) १–० गोलले अघि थियो । २९औँ मिनेटमा जस्ट जोन एफसीका जर्सी नम्बर ९ का हम्जात डिमोलाले गोल गरेका थियो । २१ गते विहान भएको खेलमा ४–२ गोल अन्तरले जस्ट जोन एफसी (नाइजेरिया) ले जित हासिल गरेको हो । जस्ट जोन एफसी (नाइजेरिया) लाई जिताउन दोस्रो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै २–० गोलको अग्रता दिलाए । ४९औँ मिनेटमा रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७ का सन्दिप देउवाले जवाफी गोल फर्काए । लगत्तै ५२औँ मिनेटमा जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २९ का ओवालाही अफिजले गोल अन्तर ३–१ मा पु¥याए । ५५औँ मिनेटमा गोल गर्दै रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७७ का विक्रम ओलीले गरेपछि गोल अन्तर ३–२ बन्यो । खेलको अन्तिम तिर ९० मिनेटमा गोल गर्दै जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २७ का ताजुदिन एडीले जित सुनिश्चित गराए ।

खेलको म्यान अफ द म्याच बनेका जस्ट जोन एफसी (नाइजेरिया) हम्जात डिमोलाले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याच लुम्बिनी खेलकुद परिषद् सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र कोहलपुर गोल्डकपका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रुपमा वितरण गरेका थिए । गोल्डकपको पहिलो दिनको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

 

२६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय