क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 द निन्जा स्टुडियोको तीज नृत्य प्रतियोगिता : सृष्टि शर्मा प्रथम, हात पारिन् २० हजार 2 प्याब्सन कोहलपुरद्वारा संकलित १३ लाख ७३ हजार ९९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण 3 गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । 4 डिगियास्थित दीप ज्योति विद्या निकेतनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। 5 निजी तथा संस्थागत विद्यालयलाई समान नीति र सहकार्यको वातावरण बनाउन सांसद चौधरीको प्रतिबद्धता 6 नेपाल पूर्व सशस्त्र प्रहरी बल जिल्ला संघ बाँकेको अध्यक्षमा हरि पराजुली 7 भरैया–सिम्रहवा रोहिणी खोला जोड्ने पुलको माननीय सुरेश कुमार चौधरीद्वारा अनुगमन 8 सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

ताजा अपडेट

कोहलपुर, बाँके — नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै नवनिर्मित निःशुल्क सवारी साधन पार्किङ स्थल सञ्चालनमा ल्याएको छ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरभित्र करिब १ करोड रुपैयाँको लागतमा आधुनिक पार्किङ स्थल निर्माण गरिएको हो। अस्पतालमा दैनिक रूपमा बढ्दो बिरामी तथा आगन्तुकहरूको चापलाई व्यवस्थापन गर्न तथा सवारी साधन पार्किङमा हुने असुविधा हटाउने उद्देश्यले यो सुविधा विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ।

नवनिर्मित पार्किङ स्थलको औपचारिक उद्घाटनसमेत गरिएको छ। यसले अस्पताल परिसरलाई अझ व्यवस्थित बनाउनुका साथै सेवाग्राहीहरूलाई सहज रूपमा सवारी साधन राख्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
अस्पतालका निर्देशक रेशम बहादुर रानाका अनुसार, बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न र अस्पताल परिसरलाई व्यवस्थित बनाउन निःशुल्क पार्किङ आवश्यक देखिएकाले यसको निर्माण गरिएको हो।

अस्पतालका प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले पनि नयाँ पार्किङ सेवाले सेवाग्राहीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, अस्पतालका प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले नयाँ पार्किङ सेवाले अस्पतालमा आउने बिरामी तथा उनीहरूका आफन्तहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार अब सवारी साधन व्यवस्थापनका कारण हुने भीडभाड र असहजता कम हुने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनले आगामी दिनमा पनि सेवाग्राहीमैत्री पूर्वाधार विकास तथा सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।कार्यक्रमका अवसरमा एम्बुलेन्स चालकहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय