कोहलपुर नगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार, आगामी ३ गतेदेखि विद्यालयहरूमा भर्ना प्रक्रिया सुरु गरिनेछ भने १४ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गरिने भएको छ।
नगरपालिकाको कार्यालयबाट जारी आधिकारिक पत्रमार्फत सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई तोकिएको मितिअनुसार तयारी गर्न निर्देशन दिइएको छ। साथै, विद्यार्थी भर्ना, शिक्षक व्यवस्थापन तथा आवश्यक शैक्षिक पूर्वाधार तयारीलाई समयमै सम्पन्न गर्न आग्रह गरिएको छ।
यस निर्णयले लामो समयदेखि अन्योलमा रहेका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा उत्साह थपिएको छ। विद्यालय पुनः सञ्चालनसँगै शैक्षिक गतिविधि नियमित हुने विश्वास गरिएको छ।
प्रतिक्रिया





