उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं–३ बाट उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेसँग पराजित भएका थिए।
उनी काठमाडौं–३ बाट उम्मेदवार भई पराजित भएका थिए। उनले चुनावमा १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन्।
आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेको उनले बताएका छन्।

प्रतिक्रिया





