धना के सी कोहलपुर मंसिर १
आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूमा चुनावी तयारी, संगठन विस्तार र नेतृत्व चयनको बहस सुरु हुन थालेको छ। देशभर चर्चामा रहेको ‘मिसन ८४’ को प्रभाव बाँकेमा पनि देखिन थालेसँगै नेपालगन्ज उपमहानगरपालिकाको आगामी नगर प्रमुख ९मेयर० पदका लागि नेकपा एमाले नेपालगन्ज नगर कमिटीका अध्यक्ष तथा युवा सामाजिक अभियन्ता मोहित शाहको नाम चर्चामा आउन थालेको छ।
युवा नेतृत्व, सामाजिक सक्रियता र संगठनात्मक भूमिकाका कारण शाहलाई सम्भावित नेतृत्वका रूपमा हेरिन थालेको हो। उनको सम्भावित उम्मेदवारीको चर्चासँगै स्थानीय राजनीतिक वृत्त तथा युवापंक्तिमा चासो बढ्दै गएको छ।
राजनीतिमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासको बहस चलिरहेका बेला शाहको नाम चर्चामा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी विकास, सुशासन, पारदर्शिता र नागरिकसँग प्रत्यक्ष जोडिने नेतृत्वको अपेक्षा बढिरहेका बेला उनको राजनीतिक सक्रियताले ध्यान आकर्षित गरेको देखिन्छ।
नेपालगन्जलाई व्यवस्थित, आधुनिक, स्वच्छ र आर्थिक रूपमा सबल सहरका रूपमा विकास गर्न स्पष्ट योजना, प्रविधिमैत्री सेवा प्रवाह तथा जवाफदेही नेतृत्व आवश्यक रहेको विषय स्थानीयस्तरमा उठ्दै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक व्यवस्थापन, सरसफाइ र व्यापार प्रवर्द्धनलाई प्राथमिकता दिने नेतृत्वको खोजी भइरहेका बेला युवा नेतृत्वको सम्भावनाबारे पनि बहस हुन थालेको छ।
नेकपा एमाले नेपालगन्ज नगर कमिटीको अध्यक्षका रूपमा संगठनात्मक जिम्मेवारी सम्हालिरहेका शाहको पार्टीभित्रको भूमिका र सामाजिक क्षेत्रमा देखिएको सक्रियताले पनि उनको चर्चा बढाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूभित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र सम्भावित उम्मेदवारबारे छलफल थप तीव्र हुने अपेक्षा गरिएको छ।
नेपालगन्जको भावी नेतृत्वबारे भइरहेको बहसमा नागरिकका समस्या सुन्ने, जनताको सुख(दुःखमा साथ दिने र परिणाममुखी काम गर्न सक्ने नेतृत्वको आवश्यकता औँल्याइएको छ। यही सन्दर्भमा शाहको नाम चर्चामा आउनुले आगामी निर्वाचनको राजनीतिक समीकरणबारे चासो थपेको छ।
यद्यपि, आगामी निर्वाचनमा नेपालगन्जको मेयर पदका लागि मोहित शाहलाई उम्मेदवार बनाउने विषयमा नेकपा एमालेले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। उनको उम्मेदवारीबारे भइरहेको चर्चा सम्भावित राजनीतिक आकलनका रूपमा रहेको छ।
‘मिसन ८४’ नजिकिँदै जाँदा शाहले मेयर पदमा औपचारिक दाबी प्रस्तुत गर्छन् वा गर्दैनन् र पार्टीले उम्मेदवारका रूपमा अघि सार्छ वा सार्दैन भन्ने विषय भने आगामी राजनीतिक घटनाक्रमले स्पष्ट पार्नेछ।





