मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ ।
तीन सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मङ्सिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ः०० बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन हुनेछ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक–सांस्कृतिक उद्देश्यले कार्तिक नाच सुरु गराएको इतिहास छ । नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोकनाटक प्रस्तुत गरिने परम्परा छ ।
प्रतिक्रिया





