कांग्रेस सभापति गगन थापाले उनीमाथि चलेका अफवाह र राज्यपक्षबाट भइरहेका कामकारबाहीप्रति बिहीबार आफ्नो धारणा राखेका छन् । उनले भिडियोमार्फत् समग्र विषयमा आफ्नो कुरा राखेका हुन्।
नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ ।
यो प्रकरणमा पार्टी का वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फ्रेन्स गरेर सबै विषय वस्तुहरु डिटेलमा राखिसक्नु भएको छ ।जसको सार दुइटा छ( एउटा यो बदनियतका साथ चलाइएको हल्ला हो । यसलाई हामी पूर्ण रुपमा खारेज गर्छौं । दोस्रो नेपाली कांग्रेस पार्टीको नेतृत्व सबै खालको अनुसन्धानको लागि तयार छ ।
यति कुरा पार्टीको उपसभापतिले बोलिसके पछाडी मैले नबोले पनि हुने हो । तर केहि विषयहरुमा मलाई डाइरेक्टली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ ।
प्रतिक्रिया





