कोहलपुर — नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिको अधिवेशन आज असोज ७ गते हुँदैछ। नगर अधिवेशनमा सभापति पदका लागि चिन्तामणि धिताल र वीरेन्द्र कुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
सभापति पदमा दुई जनाको उम्मेदवारी परेसँगै कोहलपुर नगर कांग्रेसको नेतृत्व चयनका लागि प्रतिस्पर्धा रोचक बनेको छ। दुवै पक्षले आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउन सक्रियता बढाएका छन्।
अधिवेशनबाट सभापतिसहित उपसभापति, सचिव, सहसचिवलगायत नगर कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन हुनेछन्। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले मतदानमार्फत आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछन्।
नगर सभापति पदका उम्मेदवार धिताल र शाह दुवैले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
कोहलपुर नगर कांग्रेसको नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा पार्टी संगठन विस्तार, स्थानीय तहमा कांग्रेसको भूमिका र कार्यकर्ताबीचको एकतालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।





