सुनसरी
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार बेलुका अज्ञात समूहको गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन्।
वडाध्यक्ष सूर्यनारायण पालका अनुसार शनिबार साँझ अज्ञात समूहले चलाएको गोली यादवलाई लागेको हो। प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ र गम्भीर घाइते अवस्थामा उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान अझै खुलेको छैन। तर घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिसकिएको छ भने अन्यको खोजी भइरहेको छ।
डीएसपी खड्काले भने, “घाइतेको तिघ्रामाथि चोट छ, गोली लागेको भनिएको छ तर हतियार बरामद भएको छैन। हामी थप अनुसन्धान गर्दैछौं।”
घटनापछि स्थानीय आक्रोशित भएका छन्। थप क्षति हुन नदिन प्रहरीले क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
प्रतिक्रिया





