क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

कोहलपुर — नेपाली संगीत क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति ‘तिर्सना’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक ओम शर्मा र गायिका विन्दु परियारको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो कोहलपुरस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

पत्रकार तथा गीतकार निरज निश्चलको शब्द र संगीतकार दीपक शर्माको संगीत रहेको ‘तिर्सना’मा प्रेम, भावना र सांगीतिक मिठासलाई प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गा राणा मगर, नवीन जिसी, सम्झना खनाल र सफल डी.के.ले अभिनय गरेका छन्। कलाकारहरूको अभिनयमार्फत गीतको भावलाई दृश्यमा जीवन्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको कन्सेप्ट तथा कथा निर्माणसँगै म्युजिक भिडियोको निर्देशन नवराज सुवेदीले गरेका छन्। निर्देशक सुवेदीका अनुसार कलाकार तथा प्राविधिक टोलीको मेहनत, सिर्जनशीलता र सहकार्यले भिडियो तयार गरिएको हो।

म्युजिक भिडियोको सार्वजनिक कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम न्यौपाने, साहित्यकार कपिल अञ्जान, महेन्द्र सेढाई, देवकी निरौला, खोपिराम ओलीलगायतले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बोल्दै सहभागी स्रष्टा तथा कलाकारहरूले ‘तिर्सना’ले नेपाली संगीत क्षेत्रमा नयाँ सांगीतिक स्वाद थप्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय कला, संगीत र कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बाँके तथा आसपासका कलाकार, पत्रकार, सञ्चारकर्मी, कला–संगीतप्रेमी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय