क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

कोहलपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि सञ्चारिका समूह नेपाल, बाँके शाखाले २० हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ।

सञ्चारिका समूह नेपाल, बाँके शाखाले विपद्को यस कठिन र दुःखद घडीमा बाढी प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकको पीडामा साथ दिन सहयोग गरेको जनाएको छ।

उक्त सहयोग रकम प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण गर्दै सञ्चारिका समूह बाँके शाखाले विपद्को समयमा प्रभावित परिवारको उद्धार तथा राहतका लागि आफूहरूले सक्दो सहयोग गरेको जनाएको छ।

बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै परिवार प्रभावित बनेका छन्। यस्तो अवस्थामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको शाखाले जनाएको छ।

यसैबीच, सञ्चारिका समूह नेपाल, बाँके शाखाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न सबैलाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार योगदान गर्न अपिल गरेको छ।

विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको उल्लेख गर्दै शाखाले सानो सहयोगले पनि प्रभावित परिवारको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय